Aamsanchar

बाढीमा फसेका एक महिलासहित चार जनाको सकुशल उद्धार

Author Image
शुक्रवार, साउन १६, २०८२

नुवाकोट – नुवाकोटको शिवपुरीमा बाढी आएको खोलामा फसेका मानिसको उद्धार गरिएको छ। शिवपुरी गाउँपालिका–८ छहरे खोलामा बाढीका कारण फसेका चार जनाको बिहीबार साँझ प्रहरीले उद्धार गरेको हो।

 

बाढीमा फसेका एक महिलासहित चार जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

ललितपुर सातदोबाटो बस्ने २४ वर्षीया लक्ष्मी सिम्खडा, नुवाकोटको शिवपुरी गाउँपालिका ८ का २२ वर्षीय अनिश नेपाली, सोही स्थानका २१ वर्षीय कृष्ण नेपाली र २६ वर्षीय राजेश नेपाली रहेको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए।

उनीहरू प्रसिद्ध लौके झरना घुम्न आएका वेला स्थानीय खोलामा बाढी आएर फसेको प्रहरीले जनाएको छ।

Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर