

काठमाडौं – पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय सुनाएको छ।


सजाय सुनाइएकाहरूलाई सन् २०२३ मा सेनाविरुद्धको विरोध प्रदर्शनमा भाग लिएको आरोप लगाइएको छ।

मे २०२३ मा सुरक्षा बलले भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेको थियो। यसले गर्दा देशभर हिंसात्मक विरोध प्रदर्शन भएका थिए।
बिहीबार भएको यो निर्णयलाई इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ ९पीटीआई०का लागि ठूलो झट्का मानिएको छ।
सजाय सुनाइएकाहरूमा पाकिस्तानको राष्ट्रिय सभाका विपक्षी नेता उमर अयुब खान पनि छन्। उनलाई १० वर्षको जेल सजाय सुनाइएको छ।
आतंकवाद विरोधी अदालतको निर्णयको विपक्षी नेताले निन्दा गरेका छन्। यस निर्णयमा पीटीआईका ६ जना सांसदलाई पनि अयोग्य घोषित गरिएको छ।
Views: 54

