Aamsanchar

पार्टीबाट बिदा हुन झलनाथ खनाललाई माधव नेपालको सुझाव

Author Image
शुक्रवार, साउन १६, २०८२

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टी नीतिविपरीत बोलेको भन्दै पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।

खनालले एमाले टुक्र्याउनु गलत भएको भनेपछि विराटनगरमा शुक्रबार संचारकर्मीको प्रश्नमा अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए ।

उनले सम्मानित नेता खनालले पटकपटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकाले उनको भनाइको अर्थ नरहेको बताए ।

एक प्रश्नको जवाफमा नेता नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरूको व्यक्तिगत निर्णय अनुसार नै हुने धारणा व्यक्त गरे ।

अध्यक्ष नेपालले शेरबहादुर देउबा र केपी ओली एक ठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको प्रष्ट पारे । उनले वर्तमान सरकार सबै क्षेत्रमा असफल भए पनि अर्को सरकार बन्ने सम्भावना नरहेको बताए ।

उनले अहिले आफूहरू पार्टी संगठन सुदृढीकरण र समाजवादी मोर्चालाई सक्रिय बनाउन लागिपरेको बताए । अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकीकरण गर्ने कुरा नभएको र अहिले मोर्चासँग सहकार्य गरेर अघि बढ्ने कुरा मात्रै भएको स्पष्ट पारे ।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर