
प्रतिकात्मक फायल तस्वीर गुगलबाट ।

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्ने दुर्घटना भएको छ ।

दुर्घटनामा परेको बस ९बा२ ख १०७७ नम्बर० नारायणगढबाट गोर्खा जाँदै गरेको थियो । दिउँसोको समयमा भएको घटनापछि स्थानीयले खबर दिएपछि तत्कालै उद्धार टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं। २३ मनकामना गण तनहुँबाट टोली खटाइएको हो ।

हालसम्म घटनास्थलमा उद्धार कार्य तीव्र गतिमा जारी रहेको भए पनि क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ । अहिले घटनास्थलमा सुरक्षा निकायका साथमा स्थानीय बासिन्दाहरु पनि उद्धारमा सक्रिय छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

Views: 134

