Aamsanchar

माओवादीका नेता तेली पक्राउ

Author Image
सोमवार, साउन १९, २०८२

वीरगन्ज – नेकपा माओवादीका नेता शिवकुमार साह तेली पक्राउ परेका छन् ।पर्साको सखुवा प्रसौनी गाँउपालिका- ६ लखनपुर घर भएका तेली बैंकिङ कसूर मुद्दामा पक्राउ परेका हुन् । तेलीलाई वीरगन्जको श्रीपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

 

क्रान्ति गुप्तासहितका दुईजना व्यक्तिलले दिएको जाहेरीका आधारमा तेलीलाई पक्राउ गरिएको लम्सालले बताए । आफ्नो बैंक खातामा रकम नहुँदानहुँदै झुक्याएर तेलीले १० लाख र ६ लाखको गरी दुईवटा चेक दिएको र बैंकबाट ती दुईवटै चेक बाउन्स भएपछि पीडितहरूले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको लम्सालले बताए ।

पक्राउ परेका तेलीलाई जिल्ल प्रहरी कार्यालय पर्साको थुनामा राखेर उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।

२०७९ को निर्वाचनमा नेपाल सुशासान पार्टीका तर्फबाट पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका तेली चुनाव हारे लगत्तै नेकमा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसअघि तेली जनता समाजवादी पार्टी नेपालमा थिए ।

तेली यसअघि मधेस प्रदेश सरकारबाट पर्साका किसानका लागि अनुदानमा प्राप्त करोडौं मूल्यको कृषि उपकरण खरिदको अनियमितता तथा कागजी प्रक्रियामै योजना सम्पन्न गरेर बजेट अपचलन गरेको विवादमा पनि मुछिएका थिए ।

साहले आफू अध्यक्ष रहेको जय महावीर कृषि सहकारी संस्था लिमिटेडले प्रदेश सरकारबाट करोडौंको योजना ल्याएर कागजी प्रक्रियामा बिलभौचर तयार पारेर अनियमितता गरेको आरोप उनीमाथि लागेको थियो ।

Views: 438

प्रतिक्रिया (०)

सम्बन्धित खबर