

काठमाडौं – पोखरा पुगेका सिन्धुलीका हायू परिवार आजै(सोमबार) गाउँ फर्किने भएका छन्। अन्तै घर बनाएर राख्ने भनेपछि उनीहरू सिन्धुली फर्किन तयार भएको गोलन्जोर गाउँपालिका-६ का वडाध्यक्ष रविन कुमार श्रेष्ठले जानकारी दिए।

उनले भने,‘आज नै उहाँहरू सिन्धुली फर्किँदै हुनुहुन्छ,अहिले समान प्याक गर्दै हुनुहुन्छ।’ उनका अनुसार तत्कालको लागि आफ्नै घरमा ती परिवारलाई राखिने छ। ‘त्यसपछि अन्तै घर बनाएर उहाँहरूलाई स्थानान्तरण गर्ने छौँ,’उनले भने।

साउन ११ गते गाउँपालिका-६ छेत्पाबाट बेपत्ता भएका हायू परिवारका १९ जना सदस्य पोखरा भेटिएका थिए। उनीहरूले घरमा धेरै विरामी भएपछि घर छाडेको बताउँदै आएका छन्। त्यसैले अन्तै घर बनाएर स्थानान्तरण गर्न लागिएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए।

Views: 98

