Aamsanchar

सिटी रिक्सा : विपन्न वर्गको रोजगारीको आधार कि सहरको समस्या ?

Author Image
सोमवार, साउन १९, २०८२

बिर्तामोड । बिर्तामोडस्थित कृषिथोक बजार विसौनी क्षेत्रमा राती अबेरसम्म सञ्चालन भइरहेका सिटी रिक्सा अहिले शहरमा आम दृश्य बन्न थालेका छन्। पहिला पैडलमार्फत सञ्चालन हुने रिक्साका साटो अहिले ब्याट्रीबाट चल्ने सिटी रिक्साले बजार क्षेत्रभरि यातायातको नयाँ स्वरूप ल्याएको छ। खासगरी आर्थिक रूपमा कमजोर वर्गका लागि यी रिक्सा आम्दानीको एक महत्वपूर्ण स्रोत बनेका छन्।

तर, सहरमा यस्ता रिक्सा चलाउन दिने कि नदिने भन्ने विषयमा यदाकदा विवाद र समाचार आइरहन्छन्। सिटी रिक्सा चालकहरूसँग प्रायः अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नहुनु, ट्राफिक नियमबारे पर्याप्त जानकारी नहुनु, जथाभावी गाडी सञ्चालनजस्ता कारणले सडक दुर्घटनासमेत बढ्ने जोखिम रहेको सरोकारवालाहरू बताउँछन्।

तर, समस्यासँगै समाधान पनि सम्भव छ। यदि यस्ता रिक्सा चालकलाई परिचय पत्र उपलब्ध गराइयो भने, ट्राफिक नियमको आधारभूत प्रशिक्षण दिइयो भने, यसलाई व्यवस्थित गर्न सकिन्छ। यो उपायले न केवल सहरको यातायातलाई सुरक्षित बनाउँछ, तर विपन्न वर्गको रोजगारी पनि जोगाउँछ।

स्थानीय तह, ट्राफिक प्रहरी र सम्बन्धित निकायबीच समन्वय गरेर सिटी रिक्सालाई नियममा ल्याउने पहल भएमा यो सेवा सुरक्षित, भरपर्दो र उपयोगी बन्न सक्छ।

शब्द तस्वीर : बिनोद पाण्डे / आमसंचार डटकम

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर