Aamsanchar

आज त्रिभुवन आर्मीले इन्डियन आर्मीसँग प्रतिस्पर्धा गर्दै

Author Image
मङ्गलवार, साउन २०, २०८२

काठमाडौं – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कप फुटबलमा आज इन्डियन आर्मी फुटबल टिमसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिता अन्तर्गत तेस्रो तथा आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब जितको लक्ष्यसहित मैदान उत्रिन लागेको हो। समूह सीमा रहेका त्रिभुवन आर्मी र इन्डियन आर्मीबीचको खेल जेआरडी स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा दिउँसो सवा ४ बजे सुरु हुनेछ।

पहिलो खेलमा जमशेदपुरसँग ३–२ गोलले पराजित भएको त्रिभुवन आर्मीले दोस्रो खेलमा लद्दाख फुटबल क्लबसँग १–१ को बराबरी गर्दै समूहमा १ अंक जोडेको छ। इण्डियन आर्मी आज दोस्रो खेलका लागि मैदान उत्रिँदैछ। उसले पहिलो खेलमा जमशेदपुर फुटबल क्लबसँग हार व्यहोरेको इन्डियन आर्मी अंकविहीन छ।

२ खेलमा शतप्रतिशत जितको नतिजाका साथ जमशेदपुर समूहको शीर्ष स्थानमा छ। २४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेता नकआउट चरणमा पुग्नेछ। ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

 

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर