Aamsanchar

एक सय रुपैयाँले घट्यो सुनको भाउ

Author Image
बुधवार, साउन २१, २०८२

काठमाडौं –  तोलाको दुई लाख नजिक पुगेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेको छ। अघिल्लो दिन मंगलबार १९ सयले बढेर तोलाको १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको सुन आज सय रुपैयाँले घटेको हो।

 

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ९८ हजार ४०० कायम भएको छ।

सुनको भाउ घटे पनि चाँदीको मूल्य पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ३०५ रुपैयाँ तोकिएको छ। मंगलबार २ हजार २८० रुपैयाँ पुगेको थियो।

Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२