Aamsanchar

टहल दास ओली प्रणामी व्यवसायी संघको अध्यक्षमा निर्वाचित

Author Image
बुधवार, साउन २१, २०८२

झापा ।  श्रीकृष्ण प्रणामी व्यवसायी संघ नेपाल, जिल्ला कार्य समिति झापाको अध्यक्षमा टहल दास ओली निर्वाचित भएका छन्।

कनकाई नगरपालिका–४ स्थित माईधाममा सम्पन्न भेलाबाट उक्त समिति चयन गरिएको हो। कार्यक्रममा झापा जिल्लाभरिका ३९ वटा श्रीकृष्ण प्रणामी मन्दिर तथा सत्संग भवनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद् झापाको समन्वयमा तथा प्रणामी व्यवसायी नेपालको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रमको संयोजन सत्संग सेवा परिषद्का सदस्य दिनोज बजगाईले गरेका थिए। संयोजन टिममा परिषद्का सदस्य खड्ग विष्ट र युवा परिषद् झापाका अध्यक्ष समर्पण खतिवडा समेत सहभागी थिए।

भेलाको अध्यक्षता सत्संग सेवा परिषद् झापाका अध्यक्ष विष्णु प्रसाईंले गरेका थिए भने प्रमुख अतिथिका रूपमा सेवा समिति नेपालका केन्द्रीय सह–कोषाध्यक्ष अर्जुन वाग्ले र विशिष्ट अतिथिका रूपमा प्रणामी व्यवसायी नेपालका केन्द्रीय अध्यक्ष विष्णु वाग्ले रहेका थिए।

कार्यक्रममा कोशी प्रदेशकी सांसद सविना कट्टेल बजगाई, युवा परिषद नेपालका उपाध्यक्ष मदन अधिकारी, सत्संग झापाका अध्यक्ष विष्णु प्रसाईं लगायत विभिन्न अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए।

नव निर्वाचित कार्यसमिति यसप्रकार छः

अध्यक्षः टहल दास ओली

उपाध्यक्षः दिपक शिवाकोटी (गोविन्द कट्टेल)

सचिवः चेतन खतिवडा

सह–सचिवः दिनेश भट्टराई

कोषाध्यक्षः मोहन अधिकारी

सह–कोषाध्यक्षः दिपा खरेल

सदस्यहरूः शंकर प्रसाद पाण्डे, श्याम कुमार बस्नेत, लय (पारसमणी) कडरिया, हेमन्त ढकाल, टिकाराम उप्रेती, निर्मला गिरी, सावित्रा आचार्य पाण्डे

कार्यक्रममा सत्संग सेवा परिषद्का उपाध्यक्ष देवी प्रसाद खनाल, महासचिव काली प्रसाद रिजाल, युवा परिषद झापाका उपाध्यक्ष कुमार कार्की, महिला समिति झापाकी अध्यक्ष शान्ता मैनाली, निवर्तमान अध्यक्ष मिरा अधिकारी ओली, शिवसाताक्षी बाणिज्य संघका महासचिव टंक मैनाली, बिर्तामोड बाणिज्य संघका सदस्य डिल्लीराज कोइराला, माईधाम मन्दिरका अध्यक्ष भिष्म मैनाली, बाईजुराज अध्यक्ष इन्दिरा आचार्य मैनाली, युवा परिषद अध्यक्ष माणिक संगौला लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन संयोजक दिनोज बजगाईले गरेका थिए भने स्वागत मन्तव्य युवा परिषद झापाका अध्यक्ष समर्पण खतिवडाले दिएका थिए।

Views: 734

प्रतिक्रिया (०)

सम्बन्धित खबर