Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, साउन २२, २०८२

काठमाण्डौ – सुनको भाउ आज स्थिर रहेको छ । आज सुनको भाउ हिजोजस्तै तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति भने सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ८० रुपैयाँ रहेको थियो ।

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर