Aamsanchar

बिर्तामोडमा तास जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

Author Image
शुक्रवार, साउन २३, २०८२

झापा । झापाको बिर्तामोड नगरपालिका–५ मा तास जुवा खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा बुधबार साँझ ७ बजे बिर्तामोड–५ ट्राफिक बिट नजिक सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले सञ्चालन गरेको चिया–नास्ता पसलमा छापा मारेको थियो।

प्रहरीका अनुसार उनीहरूको साथबाट १२ बुङ तास (६ बुङ खोलिएको, ६ बुङ नखोलिएको) र नगद १ लाख १४ हजार ५५५ रुपैयाँ बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा

तिर्थराज तामाङ (३८), बिर्तामोड–५

कुशल गुरुङ (३२), अर्जुनधारा–११

भुपाल कुमार कटुवाल (४२), बिर्तामोड–६

मन कुमार कटुवाल (२९), बिर्तामोड–५

हम बहादुर थापा (४९), बिर्तामोड–५

गोपाल श्रेष्ठ (५१), बिर्तामोड–५

सुजन श्रेष्ठ (३५), बिर्तामोड–६

ध्रुव श्रेष्ठ (३५), बिर्तामोड–५

पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट चार दिनको म्याद थप गरी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Views: 431

प्रतिक्रिया (०)