

राजविराज – बसको ठक्करबाट सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा एक जनाको मृत्यु भएको छ। आज बिहान ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले साइकलमा सवार सीतापुरका ६८ वर्षीय बुदुर चौधरीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।


चौधरी आफ्नो धानखेततर्फ जाँदै गर्दा बसले ठक्कर दिएको उनको भनाई छ। काफ्लेले ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेको जनाएका छन्। घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको चाँनदी चोकमा सडक अवरुद्ध गरेका छन्।

Views: 111

