Aamsanchar

झलनाथ भेट्न उनकै निवास डल्लु पुगे वामदेव

Author Image
शनिवार, साउन २४, २०८२

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ। हालै मात्रै नेकपा एस प्रवेश गरेका वामदेव झलनाथ भेट्न उनकै निवास डल्लु पुगेका हुन्।

पार्टी अध्यक्ष माधव नेपालसँग झलनाथको टकराव उत्कर्षमा पुगेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ। यद्यपि, नेता खनालको सचिवालयले भने सामान्य भेटघाट तथा समसामयिक विषयमा छलफल भएको जनाएको छ।

माधव-झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। माधव–झलनाथबीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान समेत भनिसकेका छन्।

 

Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर