Aamsanchar

महाधिवेशनमा गएर नेतृत्वमाथि नै चुनौती दिन सकिन्छ : लिङ्देन

Author Image
आइतवार, साउन २५, २०८२

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन्। अध्यक्ष लिङदेनले पार्टीभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। उनले राप्रपा अब कहिल्यै विभाजन नहुने बताए। विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृत्ति रहेको र त्यसको केही अवशेषहरू अझै भएपनि अब त्यो सम्भावना नरहेको उनको दाबी छ।

उनले पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै बसेर समाधान गर्ने पनि बताए। चित्त नबुझेका विषयहरू पार्टीका समितिहरूमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्षलाई सबैले मानेर जानुपर्ने बताए। पार्टीका समितिहरूमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथि नै चुनौती दिन सकिने उनको भनाई छ। तर पार्टीको आन्तरिक विषयहरू सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकहरूमा भ्रम पार्ने जस्ता कामहरू गर्न नहुने उनले बताए।

उनले असन्तुष्ट पक्षहरूले अध्यक्षले विद्यान विपरीत काम गरेको भन्ने आरोपको खण्डन पनि गरेका छन्। पार्टीको विधानअनुसार नै जिम्मेवारीहरू हेरफेर गरिएको उनको दाबी छ। विधानले अध्यक्षलाई समितिहरू गठन गर्ने, जिम्मेवारीहरू बाँडफाँड गर्ने, पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीहरू तोक्ने, परिचालित गर्ने लगायतका सुविधा दिएको उनको भनाई छ।

नेपाल जस्तो भूराजनितिक परिस्थिति भएको देशको लागी अभिभावकीय संस्थाको रुपमा राजसंस्स्था उपयुक्त हुने बताए। राप्रपाले निरन्तर रुपमा राजसंस्थाको लागि आवाज उठाईराखेको भन्दै उनले पछिल्लो दिनमा राजसंस्थाको माहोल पनि बन्दै गइरहेको बताए। पछिल्लो समयमा राजसंस्थाको पक्षमा बनिरहेको परिवेश, जनमत सबैैको पृष्ठभूमीलाई आधार मान्दा राजसंस्था पुनःस्थापना निकटमा पुगेको उनको दाबी छ।

उनले राजसंस्था पुनःस्थापना पक्षधरहरू पनि एकजुट हुँदै गएको बताए। गत जेठ १५ गते राजसंस्था पक्षधहरूले कार्यक्रमले पनि राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरू एकठाउँ उभिएको संकेत गरेको उनको दाबी त। उक्त कार्यक्रमले कुनै ठोस परिणाम नदिए पनि एउटा सकारात्मक सन्देश प्रवाह गर्न आफूहरू सफल भएको उनको भनाई छ।

राजसंस्था पक्षधहरूबीच देखिएका कमीकमजोरीहरूलार्ई सच्याएर आगामी दिनमा अगाडी बढ्न सकिने उनले बताए। उनले पार्टीबाट कसैलाई निष्कासन नगरिएको पनि बताए। अध्यक्षले मनोनितत गर्न पाउने पदहरूलाई परिवर्तन गर्ने पुरानै परम्परा रहेको पनि उनको दाबी छ।

उनले निर्वाचन आयोगमा उजुुरी दिएकाहरूप्रति लक्षित गर्दै पार्टी भित्रको आन्तरिक विवाद हेर्ने निर्वाचन आयोगको कार्य क्षेत्र नै नभएको बताए।
राप्रपाको प्रवक्ता, विभागको सदस्स्यसचिव, विभाग प्रमुख तोक्ने काम निर्वाचन आयोगको नभई अध्यक्षको भएको उनले बताए।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर