Aamsanchar

दूधपोखरी नुहाएर फर्कने क्रममा हराएका आमाछोराको उद्धार

Author Image
आइतवार, साउन २५, २०८२

गोरखा – दूधपोखरी नुहाएर फर्कने क्रममा हराएका आमाछोराको मध्यरातमा उद्धार गरिएको छ। दूधपोखरीबाट फर्कने क्रममा जंगलमा हराएका ७७ वर्षीय नुना ढकाल र ५७ वर्षीय शिवहरि ढकाललाई राति १२स्३० बजे उद्धार गरिएको गोरखाका एसपी भरत बिकले जानकारी दिए।

 

उनीहरुलाई स्थानीयवासीको सहयोगमा भच्चेकचौकीबाट खटिएका प्रहरी टोलीले माउनीडाँडा जंगलको बीचबाट उद्धार गरिएको प्रहरी निरीक्षक किरण घिमिरेले जानकारी दिए। भरतपुर महानगरपालिका-२ आँपटारीका उनीहरु जनैपूर्णिमाका अवसरमा दूधपोखरी नुहाउन र पूजाआजा गर्न गत २२ गते त्यसतर्फ गएका थिए।

‘अजिरकोट गाउँपालिका २ का वडाअध्यक्ष बाबुराम अधिकारी सरले उहाँहरु हराउनु भएको खबर हामीलाई राती १०स्३० बजेतिर गराउनुभयो’, घिमिरेले भने, ‘उहाँहरुको फोन सम्पर्कचाहिँ भइरहेको थियो। स्थानीयवासी र हामी मिलेर उहाँहरुलाई खोजतलास गर्दा राती १२:३० तिर माउनीडाँडाको जंगलभित्र भेटिनु भयो।’

उनीहरूलाई मध्यरातमा बोकेर भच्चेक प्रहरी चौकीमा राखिएको र आइतबार बिहान आफन्तहरू झिकाएर जिम्मा लगाएर पठाइएको उनले बताए। उनीहरु ४४ सय मिटर उचाइमा रहेको दूधपोखरी पुग्न नसकी फर्कदा बाटो बिराएर हराएका प्रहरीले जनाएको छ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर