Aamsanchar

झापाको रेड स्टार फुटबल क्लबसँग सहारा क्लब पराजित

Author Image
आइतवार, साउन २५, २०८२

फुङलिङ- ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा पोखराको सहारा क्लब पराजित भएको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहारा पोखरा झापाको रेड स्टार फुटबल क्लबसँग २–० गोले पराजित भएको हो ।

झापाको लागि सविन लिम्बुले ७७औँ र दोस्रो हाफको इन्जुरी समयमा दुई गोल गर्नुभयो । जितसँगै झापाले सेमिफाइनलको यात्रा पक्का गरेको छ । अब झापाले सिरहा र पाँचथरबिचको विजेतासँग खेल्नेछ । सोमबार भारत र काठमाडौँको टोलीबिच प्रतिस्पर्धा हुनेछ ।

भारतका एक सहित नेपालका चार प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने छ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्ने छ ।

 

Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर