Aamsanchar

झापाको हल्दिबारीमा जंगली हात्ती गाउँ पसेपछि….

Author Image
सोमवार, साउन २६, २०८२

विर्तामोड – झापाको हल्दिबारी गाउँपालिका–३, बाघ डाँडामा ३ वटा जंगली हात्ती गाउँमा पसेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार राति साढे १२ जंगली हात्ती वस्तीमा पसेको हो ।

हात्ती समूहमा गाउँमा पस्दा निमाई बाँनियाको टिनको छाना र घेराबेरा भएको घर, खरको छाना, टिनको घेराबेरा भएको भान्सा घर भत्काएको छ । सोही स्थान बस्ने हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटी बेरा भएको भान्सा घर समेत भत्किएको छ ।

बिहान राति ३ बजेतिर हल्दिबारी गाउँपालिका वडा नं। २ भेलागुडी सिमसारमा समेत जंगली हात्ती छिरेको थियो । त्यसक्रममा स्थानीय खेम गौतमको टिनको छाना र बाँसको टाटिबेरा भएको घर भत्काएको छ ।

स्थानीय ४८ वर्षीय नरेश खड्काको इट्टा, सिमेन्टले बनेको टिनको छाना भएको १ तले घरको समेत पूर्वपट्टीको पर्खाल भत्काएको छ । घटनामा उनकी श्रीमती ४२ वर्षीय अम्बिका खड्काको दाहिने हातको पाखुरा र कुम्ममा चोट लागेको छ ।

प्रहरी र स्थानीयवासीले बिहान हात्तीलाई जंगलतिर खेदेका थिए ।

Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर