Aamsanchar

कक्षा १२ को पढाइ सकेर विदेश जाने तयारी गरिरहेका २२ वर्षीय रोशन बेपत्ता

Author Image
सोमवार, साउन २६, २०८२

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट २२ वर्षीय युवक रोशन तिवारी बेपत्ता भएका छन् ।

कक्षा १२ को पढाइ सकेर विदेश जाने तयारी गरिरहेका तिवारी ८ महिनादेखि सम्पर्कविहीन भएका हुन् ।

उनको खोजीका लागि प्रहरीमा समेत निवेदन दिइएको बुबा डिल्लीप्रसाद तिवारीले  बताए । ‘प्रहरीलाई खोजीका लागि सहयोग मागेका छौं, आफन्तदेखि लिएर अरु जानसक्ने ठाउँ सबैतिर खोजी गरिसक्यौं,’ उनले भने, ‘छोरालाई फेला पार्न सकिएको छैन ।’

प्रहरी वृत्त, बौद्धमा निवेदन परेपछि खोजतलास गरिदिन भन्दै देशभरका प्रहरी युनिटलाई पत्राचार भएको छ । परिवारका अनुसार, उनलाई अन्तिम पटक मुलपानीमा देखिएको थियो । प्रहरी अधिकृतहरुले भने उनलाई वीरगञ्जसम्म ट्रेस गरिएको बताएका छन् । तर, यत्तिका समयसम्म साथीभाइ कोहीसँग सम्पर्क नगरेको बताइएको छ । यदी कसैले तिवारीलाई काहीँ देखेको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर