दार्चुला । महालक्ष्मी विकास बैंक दार्चुला शाखाका चार जना कर्मचारीलाई करोडौँ रुपैयाँ जुवामा हारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूले बैंकको जम्मा रु २ करोड ८४ लाख ७६ हजार ७ सय रकम जुवामा प्रयोग गरेका थिए। उक्त रकम बैंकको हो वा व्यक्तिगत भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा गोकुलेश्वरका शाखा प्रबन्धक ३५ बर्षीय सागर शाही, कर्जा बिभागमा कार्यरत ३१ बर्षीय धनन्जय पन्त, नगद बिभागमा कार्यरत २९ बर्षीया निर्मला साउद र ग्राहक साहेता कक्षमा कार्यरत २८ बर्षीय अम्बादत्त पन्त छन् । महालक्ष्मी विकास बैंकको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरका यि निलम्बित कर्मचारीहरु साउन २४ गते पक्राउ परेका हुन ।

दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालले महालक्ष्मी बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।


चार जनाले मिलेर बैंकको ‘संचिती रकम’ दुई करोड ८४ लाख ७६ हजार सात सय दुई रुपैंया हिनामिना गरेको जाहेरीमा उल्लेख छ ।
यो घटनापछि शाखाको वित्तीय सुरक्षासम्बन्धी प्रश्न उठेका छन्। स्थानीयवासी र ग्राहकहरूले बैंकमा रहेको रकमको सुरक्षित व्यवस्थापनबारे चासो व्यक्त गरेका छन्।

