

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोशी नदीमा कोशी ब्यारेज भएर बग्ने पानीको बहाव बढेको छ । सोमबार बेलुकी ८ बजे गरिएको मापनअनुसार ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ।


Views: 36

