Aamsanchar

आईसीसी एकदिवसीय वरीयतामा पाकिस्तानकाे स्थान खस्कियाे

Author Image
मङ्गलवार, साउन २७, २०८२

काठमाण्डौ – आईसीसी एकदिवसीय वरीयतामा पाकिस्तान पाँचौं स्थानमा झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा पाकिस्तान चौथोबाट एक स्थान तल झर्दै पाँचौं स्थानमा आइपुगेको हो ।

पाकिस्तानको ३४ खेलमा ३ हजार ४ सय ६५ अङ्क छ । यस्तै पाकिस्तानलाई पछि पार्दै श्रीलङ्का ३९ खेलमा ४ हजार ९ अङ्कसहित एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ ।

एकदिवसीय वरीयतामा वेस्ट इन्डिज ३४ खेलमा २ हजार ६ सय ६२ अङ्कसहित एक स्थान सुधार गर्दै नवौं स्थानमा उक्लिएको छ । यस्तै बङ्गलादेश ३२ खेलमा २ हजार ४ सय ६५ अङ्कसहित एक स्थान तल झर्दै १०औं स्थानमा पुगेको छ ।

एकदिवसीय वरीयतामा भारत शीर्ष, न्युजिल्यान्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा यथावत् छन् । यस्तै नेपाल १७औं स्थानमा यथावत् छ ।

Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर