Aamsanchar

बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमीको भव्य कार्यक्रम हुने

Author Image
मङ्गलवार, साउन २७, २०८२

बिर्तामोड । श्री राधामाधव भजनस्थली संस्थाको आयोजनामा आगामी श्रावण ३१ गते (शनिबार) झापाको विर्तामोडस्थित अग्रसेन भवनमा श्रीकृष्ण जन्माष्टमी विशेष सार्वजनिक कार्यक्रम हुने भएको छ।

आज (मंगलबार) आयोजित पत्रकार भेटघाटमा आयोजक समितिका अध्यक्ष भक्तिसिद्धान्त दास ब्रह्मचारीले जानकारी दिँदै कार्यक्रममा श्रीकृष्ण–राधा आध्यात्मिक कीर्तन, प्रवचन, नाटक र सांस्कृतिक प्रस्तुति हुने बताए। सोही दिन दर्शन, आरती, गुरु पूजा, कृष्ण कथा, विश्वशान्ति महायज्ञ तथा बालबालिका र युवालाई लक्षित आध्यात्मिक जागरणसमेत आयोजना हुनेछ।

आयोजकको अपेक्षा अनुसार झापा, इलाम र भारतका विभिन्न स्थानबाट करिब पाँच हजार भक्तजन सहभागी हुनेछन्। कार्यक्रममा धार्मिक गुरूहरूको उल्लेखनीय उपस्थिति रहनेछ।

विज्ञप्तिमा उल्लेख भए अनुसार, यस आयोजनाको उद्देश्य भगवान श्रीकृष्ण र गुरुको प्रसन्नता प्राप्त गर्ने, सनातन धर्मको संरक्षण र प्रवद्र्धन, युवालाई सनातन संस्कृति र आध्यात्मिकतासँग जोड्ने, हरिकृष्ण महामन्त्रको प्रचार गर्ने तथा सबैलाई कृष्ण सेवामा प्रेरित गर्ने रहेको छ।

श्री राधामाधव भजनस्थली संस्था परम पूज्य भक्तिसिद्धान्त दास ब्रह्मचारीद्वारा स्थापित धार्मिक मार्ग अन्तरगत ब्रह्म–गौडीय सम्प्रदायमा अन्तर्गत पर्ने बताइएको छ।

Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर