Aamsanchar

पत्रकार र वकिल बिच कुटाकुट, चारजना पत्रकार घाइते

Author Image
मङ्गलवार, साउन २७, २०८२

जनकपुरधाम। नेपाल पत्रकार महासंघ मधेश प्रदेशले कानुनअनुसार २० वर्षका लागि भाडामा लिएको जग्गामा नेपाल बार एसोसिएसन जनकपुरले अनावश्यक हस्तक्षेप गरेपछि बार र सञ्चारकर्मीहरूबीच विवाद सृजना भएको छ।

मंगलबार नेपाल बार एसोसिएसनका अधिवक्ताहरूको कुटपिटबाट पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बनजारा, महासचिव क्रान्ति, तथा पत्रकार दिवाकर राय र अनिलकुमार निराला घाइते भएका छन्।

जनकपुरधाम उपमहानगरपालिकाले वडा नम्बर ४ स्वर्गव्दारा छेउमा रहेको ४ कठ्ठा जग्गा गुठिसंस्थानबाट भाडामा लिएर भवन निर्माणको तयारी गरिरहेको अवस्थामा, बार एसोसिएसनका अधिवक्ताहरूले अवरोध सिर्जना गरेपछि सञ्चारकर्मी र वकिलहरूबीच विवाद उत्पन्न भएको हो। दुवै पक्षबीच झडप पनि भएको छ।

महासंघले प्राप्त गरेको जग्गामा अधिवक्ताहरूले आफ्नो गाडी राख्न थालेका थिए। जग्गा महासंघले प्राप्त गर्नुअघि त्यो ठाउँ खाली रहेको थियो। महासंघले भवन निर्माणका लागि जग्गा समाउन थालेपछि अधिवक्ताहरूले पार्किङ गर्न थालेका थिए।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बनजाराले उक्त जग्गा वैधानिक रूपमा महासंघको रहेको र बारले अनावश्यक रूपमा विवाद सिर्जना गरेको जानकारी दिएका छन्।

Views: 453

प्रतिक्रिया (०)

सम्बन्धित खबर