Aamsanchar

माछा पोखरीमा एक व्यक्तिको शव भेटियाे

Author Image
बुधवार, साउन २८, २०८२

गुल्मी – गुल्मीको चन्द्रकोटमा रहेको माछा पोखरीमा एक व्यक्तिको शव भेटिएको छ । चन्द्रकोट गाउँपालिका–८ रजालीटोल बस्ने ४५ वर्षीय तुल्सीबहादुर क्षेत्रीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चन्द्रकोट गाउँपालिका–८ रामपुरमा स्थानीय बहुउद्देश्यीय कृषक समूहले माछा पालन गर्दै आएको पोखरीको डिलमा हिजो बेलुका टिसर्ट, पाईन्ट, चप्पल र टोपी देखेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।

सूचना प्राप्त भएपछि अस्थायी मनसुन प्रतिकार्य सुरक्षा वेश क्याम्पबाट प्रहरी सहायक निरिक्षक विकास परियारको नेतृत्वमा गएको दश जना र प्रहरी चौकी मजुवाबाट प्रहरी सहायक निरिक्षक शिवधन कुडहरियाको नेतृत्वमा खटिएको पाँच जनाको संयुक्त टोलीले खत्रीको शव डुबेको अवस्थामा पोखरीबाट बाहिर निकालेको थियो ।

यसबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक भुपेन्द्र थापाको नेतृत्वमा सात जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरिक्षक गंगाबहादुर सारुले जानकारी दिनुभएको छ ।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर