Aamsanchar

भालुखोलामा बगेर बालकको मृत्यु

Author Image
बुधवार, साउन २८, २०८२

झापा – खोलामा बगेर दमक-१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ।

बुधबार बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन्। प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्‍याइएको थियो। त्यहीँ चिकित्सकले उनलाई मृतक घोषणा गरेका हुन्।

Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर