
फायल फोटो ।

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र सबैलाई सत्य बोल्न आग्रह गरेका छन्। मोरङ काँग्रेस सभापति डिगबहादुर लिम्बु, जिल्ला पदाधिकारी र कार्यकर्तासँगको भेटमा उनले हाल काँग्रेस कमजोर अवस्थाबाट गुज्रिरहेको भन्दै गुट–उपगुट छोडेर संगठन बलियो बनाउन एकजुट हुनुपर्ने बताए।

हजिो विराटनगर स्थित कोइराला निवासमा भएको भेटघाटमा डा. कोइरालाले कुलिङ पिरियड, गिरिवन्धु टी स्टेट, लिच्छिवारी र पार्टीको अनुशासन समितिसम्बन्धी विषयमा मौनता राख्दा काँग्रेसको छवि कमजोर बन्दै गएको बताए। उनले हालैको संवैधानिक परिषदसम्बन्धी विधेयकलाई खतरनाक भन्दै, राष्ट्रपतिले फर्काएको निर्णयलाई सकारात्मक भनेका छन्।

यसअघि सभापति लिम्बुले क्रियाशील सदस्यता नवीकरण नपुगेका क्षेत्रमा छिटो कार्य सम्पन्न गर्न आग्रह गर्दै, १५औं महाधिवेशनमा डा. कोइरालाले सभापतिका लागि उम्मेदवारी दिने जानकारी गराएका थिए।


