झापा : शनिश्चरे–खुदुनाबारी सडक खण्डअन्तर्गत अर्जुनधारा–७ स्थित गडिमा रहेको बिरिङ खोलाको पुल आज दिउँसो १२:३० बजे भत्किँदा आवतजावत ठप्प भएको छ। लगातारको वर्षापछि आएको बाढीले अन्दाजी ३५–४० मिटर भाग बगाएको हो।

झापा र इलामलाई जोड्ने सो पक्की पुल दुई वर्षअघि पनि वर्षाका कारण भासिएको थियो। पुल भत्किएपछि सवारीसाधन र पैदलयात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। वैकल्पिक रुपमा अर्जुनधारा–जलेश्वर धाम हुँदै पश्चिम मिल डाँडा मार्फत मदनपुर निस्कन सकिने तथा मदनपुरबाट साधुटार मार्ग हुँदै जयपुर तर्फ यात्रा गर्न सकिने जनाइएको छ।
Views: 118

