

विराटनगर- विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।

सुधार गृहमा थप घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको छ ।

घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाको नेतृत्वमा टोली खटिएको छ। सुनारका अनुसार अहिले अवस्था सामान्य छ । सुधार गृहमा २४९ जना बालकहरू छन् ।

Views: 100

