Aamsanchar

सरकारले बढायो धानको न्यूनतम समर्थन मूल्य

Author Image
बिहिवार, साउन २९, २०८२

काठमाण्डौ – सरकारले धानको न्यूनतम समर्थन मूल्य बढाएको छ । मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षका लागि तोकेको बर्खे धानको न्यूनतम समर्थन मूल्य अनुसार धानको मूल्य बढेको हो ।

बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा तोकेको छ । गएको वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य ३ हजार ४ सय १० रुपैयाँ थियो ।

यस्तै मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा तोकेको छ । गएको वर्ष मध्यम धानको न्यूनतम मूल्य ३ हजार ५ सय ८० रुपैयाँ तोकेको थियो ।

केही वर्ष अघिसम्म किसानले धान भित्र्याउन शुरू गर्दा पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोक्दा किसान ठगिने समस्या थियो । तर पछिल्ला केही वर्षदेखि सरकारले चाँडै मूल्य तोक्न थालेको छ ।

Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर