Aamsanchar

खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरीवाना

Author Image
बिहिवार, साउन २९, २०८२

सुर्खेत – कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरीवाना लाग्ने भएको छ । प्रदेश सरकारले आर्थिक ऐन २०८२ मा त्यस्तो व्यवस्था गरेको हो ।

ऐनअनुसार १० रोपनीसम्म जमिन बाँझो राख्नेलाई पाँच सय, २० रोपनी बाँझो राखेमा एक हजार, २० रोपनीभन्दा बढी बाँझो राखेमा एक हजार पाँच सय रुपैयाँ जरीवाना लाग्नेछ ।

यो ऐन प्रदेश राजपत्रमा प्रकाशित भएको छ । बाँझो जमिनमा खेती गर्नेलाई अनुदान र सहुलियतको व्यवस्था पनि गरिएको छ ।

प्रदेश सरकारले कर्जा सुविधा पनि उपलब्ध गराएको छ । पाँच हेक्टरभन्दा बढी जमिनमा खेती गर्नेको ऋणको सम्पूर्ण ब्याज प्रदेश सरकारले तिर्ने व्यवस्था मिलाइएको छ ।

पाँच हेक्टरभन्दा कम क्षेत्रफलमा खेती गर्नेलाई पनि ७ देखि १० प्रतिशतसम्म ब्याज अनुदान दिइने व्यवस्था ऐनमा गरिएको छ ।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर