Aamsanchar

राप्रपाको प्रश्न : रामहरिले राजीनामा दिएपछि पुग्ने हो ?

Author Image
बिहिवार, साउन २९, २०८२

काठमाडौं- राष्ट्रिय प्रातन्त्र पार्टी (राप्रपा)ले कुलिङ अफ पिरियड प्रकरणमा संसदीय विषयगत समितिका सभापतिको राजीनामा आउनु सकारात्मक विषय भएको बताएको छ ।

तर, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि त्यसले नै पुग्ने हो भन्ने प्रश्न खडा गरेको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै राप्रपाका सांसद ध्रुव प्रधानले यस्तो प्रश्न उठाएका हुन् ।

‘‘…नैतिकताको आधारमा राजीनामा दिएर मात्रै पुग्ने हो कि होइन रु’ सांसद प्रधानले भने, ‘जो व्यक्तिले गल्ति गर्दछ, जसले नियतवश गल्ति गरेको छ त्यो सजायको भागी भएन भने यो प्रक्रियामा जति उपस्थ्ति माननीय हुनुहुन्छ सबैले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हुन्छ ।’

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर