Aamsanchar

पिइएफ गायन र नृत्य आइडल सिजन–२ को अडिसन सम्पन्न

Author Image
बिहिवार, साउन २९, २०८२

दुर्गापुर । फक्ताङ्लुङ एजुकेशन फाउन्डेसनद्वारा आयोजित पिइएफ गायन र नृत्य आइडल सिजन–२ को अडिसन चरण उत्साहपूर्वक सम्पन्न भएको छ।

आज भएको छनौटमा गायनतर्फ, कुल ६८ प्रतिस्पर्धीमध्ये २३ जना दोस्रो चरणमा छनोट भएका छन्। तीमध्ये पाँच प्रतिभावान सहभागी — नामसाङ, पारुहाङ, आरोही, फुङ्सा र सुप्रिम — लाई गोल्डेन कार्ड प्रदान गरिएको छ।

नृत्यतर्फ, कुल ९० प्रतिस्पर्धीमध्ये ४१ जना दोस्रो चरणमा पुगेका छन्। यस श्रेणीमा संजिता लिम्बु ले गोल्डेन कार्ड प्राप्त गरेकी छिन्।

छनोट भएका प्रतिभाहरू अब दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्। यस चरणमा उत्कृष्ट प्रस्तुति युवटुवमा अपलोड गरिनेछ र लाइक, कमेन्ट र शेयरको आधारमा फाइनलमा प्रवेश गर्ने सहभागीहरू चयन गरिनेछन्।

आगामी ग्रान्ड फिनालेमा अनलाइन भोटको ५० प्रतिशत र निर्णायकको निर्णयको ५० प्रतिशत को संयुक्त आधारमा विजेता घोषणा गरिने फाउन्डेसन एजुकेशनका संस्थापक प्रधानाध्यापक ओमबिक्रम नेम्वाङले बताए।

Views: 485

प्रतिक्रिया (०)

सम्बन्धित खबर