Aamsanchar

धुलाबारीमा १०८ महाआरती सहित भजन सन्ध्या

Author Image
शनिवार, साउन ३१, २०८२

झापा । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा झापाको धुलाबारीस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा विशेष धार्मिक कार्यक्रम आयोजना भइरहेको छ।

बिहानैदेखि भक्तजनहरूको ठूलो भीड मन्दिर परिसरमा जमेको थियो। कार्यक्रममा १०८ महाआरतीको शुभारम्भ गरिएको थियो, जहाँ स्थानीय श्रद्धालुहरूले भजन, कीर्तन र आरतीमार्फत भगवान श्रीकृष्णको आराधना गरे।

यस अवसरमा वातावरणलाई अझै भक्तिमय बनाउन लोकप्रिय भजन गायक गोकुल खड्काले सु–मधुर स्वरमा भजन प्रस्तुत गरेका छन्।

भक्तजनहरूको विश्वास अनुसार, महाआरतीमा सहभागी हुँदा धर्म, शान्ति र जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुने मान्यता रहेको छ।

कार्यक्रमलाई व्यवस्थित र अनुशासित बनाउन मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था मिलाएको जनाएको छ।

Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर