Aamsanchar

सुनको भाउ आज

Author Image
आइतवार, भदौ १, २०८२

काठमाडौं – आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ थियो ।

साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी आज २३१० मा झरेको छ ।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर