Aamsanchar

विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको भन्दै परराष्ट्रमन्त्रीको राजीनामा माग

Author Image
आइतवार, भदौ १, २०८२

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परराष्ट्रमन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेको छ। इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै राप्रपा प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्रमन्त्री राणाको भूमिकामाथि प्रश्न उठाएका हुन्।

​शाहीले आफ्नो सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री र मन्त्रालयका कर्मचारीहरूको कडा आलोचना गर्दै उनीहरूसँग कूटनीतिक ज्ञानको अभाव रहेको र नागरिकको जीवन रक्षा तथा दुःखमा परेका नागरिकलाई सहयोग गर्न नसकेको आरोप लगाएका छन्।

ुनागरिकको जीवन रक्षा गर्न नसक्ने, दुःखमा परेका नागरिकको घाउमा मलहम लगाउन नसक्ने परराष्ट्र मन्त्री, आज देउवा राणा र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पदमा बसेको कुनै औचित्य छैन,ु शाहीले भनेका छन्।

​शाहीले परराष्ट्रमन्त्री राणााले तत्काल राजीनामा दिनुपर्ने र कामै नगर्ने तथा कूटनीतिक ज्ञान नभएका परराष्ट्र मन्त्रालयका कर्मचारीहरूलाई पनि पदमा बसिरहने कुनै औचित्य नरहेको बताएका छन्।

उनले भनेका छन्, ´​नेपाली नागरिक विदेशमा समस्यामा पर्दा उनीहरूको सुरक्षा र न्याय सुनिश्चित गर्नु राज्यको, विशेषगरी परराष्ट्र मन्त्रालयको प्राथमिक दायित्व हो। यदि मन्त्रालयले यस्ता कूटनीतिक कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न सक्दैन भने परराष्ट्र मन्त्री तथा कर्मचारीहरूले आफ्नो पदमा बसिरहनुको कुनै औचित्य देखिँदैन।`

 

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर