

धनगढी – कैलालीमा २९ साउनदेखि घरबाट बेपत्ता भएकी महिला छोरीसहित झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

मृत भेटिनेमा घोडाघोडी नगरपालिका-७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले डगौरा छोरीसहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको बताए ।

उनकाअनुसार आमाछोरी एउटै रूखमा फरक-फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
डगौरा छोरीसहित २९ साउनदेखि बेपत्ता थिइन् ।
Views: 94

