Aamsanchar

टेलिकमको तुलसीपुर कार्यालय दाङले १२ घण्टा सेवा दिने

Author Image
आइतवार, भदौ १, २०८२

दाङ – नेपाल टेलिकमको तुलसीपुर कार्यालयले १२ घण्टा सेवा दिने भएको छ। कार्यालयले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने भएको हो। लुम्बिनी प्रदेशमा नै टेलिकम तुलसीपुर कार्यालयले पहिलो पटक यो अभ्यास सुरु गरेको हो।

 

तुलसीपुर टेलिकम कार्यालय दाङले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म कार्यालय समय तोकेको छ। दुई सिफ्टमा कर्मचारीहरू परिचालन गरेको छ। बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म एक सिफ्टका कर्मचारीहरूले काम गर्छन् भने दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म अर्को सिफ्टका कर्मचारीहरूले काम गर्ने गरी व्यवस्थापन गरिएको छ।

टेलिकमको सेवा प्रवाहमा सुधार गर्दै थप प्रभावकारी गराउने उद्देश्यले व्यवस्थापकीय पक्ष सुधारिएको टेलिकम तुलसीपुर कार्यालयका प्रमुख प्रवीण कुमार चौधरीले बताए। कार्यालय प्रमुख चौधरीले यसका लागि कार्यालयको नीति अनुसारको खाजा तथा खाना खर्च समेत उपलब्ध गराइरहेको बताए।

नागरिक बीच विश्वास बढाउने र सेवा प्रवाहको सहजता र सुधारका लागि यो कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ। उनले दुई सिफ्टमा कर्मचारी व्यवस्थापन गरेर काम गर्दा सेवाग्राहीको गुनासो र समस्या समेत तत्काल सम्बोधन गर्न सहज भएको बताए।

यो अभ्यास गत वैशाखदेखि नै सुरु गरिएको चौधरीको भनाइ छ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर