Aamsanchar

राष्ट्र बैङ्कले चाँदी आयातमा भुक्तानीको सीमा बढायाे

Author Image
सोमवार, भदौ २, २०८२

काठमाण्डौ – नेपाल राष्ट्र बैङ्कले चाँदी आयातमा भुक्तानीको सीमा बढाएको छ । केन्द्रीय बैङ्कले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पुर्‍याएको जनाएको हो । सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनका लागि आयात गर्दा प्रतिपटक तीन लाख अमेरिकी डलर बराबरको सुविधा प्राप्त हुँदै आएको थियो ।

राष्ट्र बैङ्कले चाँदी आयात गर्दा प्रतिपटक अब पाँच लाख अमेरिकी डलर बराबरको वा त्यो बराबरको अन्य परिवत्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्ने भएको हो । यसैगरी अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा त्यो बराबरको अन्य परिवत्य विदेशी मुद्राको सीमासम्मको सुविधा प्रदान गर्न सकिने केन्द्रीय बैङ्कले जनाएको छ ।

केन्द्रीय बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार, निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतितपत्र वा विदेशबाट खरिद आदेश बराबरको कागजात पेश गर्नुपर्नेछ ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२