

काठमाडौं – नेपाली बजारमा आज सुन-चाँदीको मूल्य फेरि बढेको छ। अघिल्लो कारोबार दिन आइतबार ७०० सय रुपैयाँले बढेको सुन आज ८ सय रुपैयाँले बढेको हो।


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ८ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ।


सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि बढेको छ। आज ५ रुपैयाँले बढेर एक तोला चाँदी २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
Views: 93

