

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।

पत्रकार सम्मेलन गर्दै प्रसाईंले अब आफू राजनीतिमा होमिने बताए।

‘केही समयभित्र दलको नाम घोषणा गर्छौं। सबै नराम्रो भइसकेपछि मान्छे आत्तिएका छन्। नेपाल र नेपालीको धरातल हेरेर हामीले राजनीति गर्नुपर्छ।’ उनले भने, ‘म राजनीति गर्ने मान्छे होइन जबर्जस्ती राजनीतिमा ल्याइयो।’

आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू दल खोलेर राजनीतिमा आउने निष्कर्षमा पुगेको उनले बताए।
तीनकुनेमा भएको राजावादी आन्दोलनपछि पक्राउ परेका प्रसाईं दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका थिए।
उनले आफू राजावादी नभएको र राष्ट्रवादी भएको पनि बताए।
Views: 116

