Aamsanchar

टप एण्ड टी२० सिरिजमा नेपालकाे पहिलो जित

Author Image
मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं – टप एण्ड टी२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ। नेपालले होर्बट हुरिकेन्सलाई ६६ रनले पराजित गरेको हो।अष्ट्रेलियाको पामर्स्टनस्थित काजालिस मैदानमा भएको खेलमा नेपालले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको हर्बट हुरिकेन्सले १६।१ ओभरमा अलआउट हुँदै ११३ रन बनायो। हर्बटलाई रोक्न नेपालका बलर नन्दन यादवले सर्वाधिक ५ विकेट लिए।

नेपालले दिएको १८१ को विजयी लक्ष्य पछ्याएको हुरिकेन्सका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए।
हुरिकेन्सको पहिलो विकेट रोहित पौडेलले लिए। उनले ओपनर निभाथन राधाकृष्णनन्को विकेट लिएका हुन्। उनले पहिलो ओभरको दोस्रो बलमा राधाकृष्णनन्लाई बोल्ड आउट पारे। दोस्रो विकेटका रूपमा ३.४ ओभरमा विलियम प्रेस्टविजलाई ५ रनमा नन्दन यादवले रिजन ढकालको हातमा क्याच गराए।

हुरिकेन्सको तेस्रो विकेटका रुपमा म्याकालिस्टर राइटको विकेट गयो। उनले ४ बलमा ३ रन मात्रै बनाउँदै सन्दीप लामिछानेको बलमा एलबीडब्ल्यू भए। पावरप्लेमा हुरिकेन्सले ३ विकेटको क्षतिमा २८ रन मात्रै बनाएको थियो। पावरप्लेमा ३ विकेट गुमाएको हुरिकेन्स त्यसपछि भने सम्हालिन कोसिस गरेको थियो। ११.३ ओभरमा चाल्स वाकिम २१ बलमा २८ रन बनाउँदै कुशल भुर्तेलको बलमा आसिफ शेखको हातमा क्याच भए। तिमोथि वार्डले ७ बलमा १३ रन बनाए। उनलाई रिजन ढकालले बोल्ड गरे।

ब्राडले होप १३.२ ओभरमा ३१ रन बनाउँदै नन्दन यादवको बलमा कुशल भुर्तेलको हातमा क्याच भए। थोमस टेवर १३.३ मा नन्दनको हातबाट बोल्ड भए। १५.४ मा हुरिकेन्सको आठौं विकेट गयो। उनलाई नन्दन यादवले ५ रनमा आसिफ शेखको हातमा क्याच गराए।
गार्बेल बेल १६ औं ओभरको अन्तिम बलमा नन्दनको बलिङमा रोहित पौडेलको हातमा क्याच भए।

हुरिकेन्सले अन्तिम विकेट भने रन आउटको रुपमा गुमायो। जयाक कर्टन्स २१ रनमा अविजित रहे। नेपालका लागि बलिङ तर्फ नन्दन यादवले सर्वाधिक ५ विकेट लिए। रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, रिजन ढकालले १–१ विकेट लिए। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाएका थिए।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले क्रमशःस् २७ र २९ रन बनाए। भीम सार्कीले १८ रन बनाए। कप्तान रोहित पौडेलले दोहोरो अंक पनि नबनाउँदै एलबीडब्ल्यू आउट भए। उनले ११ बलमा ९ रन बनाउँदै पेभेलियन फर्किए। कुशल मल्ल ६ रनमा क्याच भए। करण केसी खाता खोल्ने बित्तिकै पेभेलियन फर्किए। लोकेश बम २५ रनमा र नन्दन यादव १ रनमा अविजित रहे। हुरिकेन्सका लागि बलिङ तर्फ निभाथन राधाकृष्णनन् र राफेल म्याकमुलेनले समान २–२ विकेट लिँदा मार्कस विन्स, ब्राड्ले होप, गार्बेल बेलले १–१ विकेट लिए।

नेपालले पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रन, दोस्रो खेलमा बंगलादेश ए सँग ३२ र तेस्रो खेलमा मेलर्वन स्टार्ससँग ३१ रनले पराजित भएको थियो । नेपालले सिरिजको पाँचौं खेल मेलर्वन रेन्गाड्ससँग दिउँसो ११:१५ मा खेल्नेछ। सिरिजको अन्तिम खेल नेपालले पाकिस्तान साहिनसँग दिउँसो ३स्१५ मा खेल्नेछ।

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर