Aamsanchar

मेची राजमार्गमा स्कोरपियो र मोटरसाइकल ठोकिँदा एक जनाको ज्यान गयाे

Author Image
मङ्गलवार, भदौ ३, २०८२

झापा – झापाको मेची राजमार्गमा स्कोरपियो र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ का ४६ वर्षीय ठाकुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४ आज दिउँसो साढे ३ बजेतिर इलामबाट बुधबारेतर्फ आउँदै गरेको बीआर ५५८५०० नम्बरको भारतीय स्कोरपियो गाडी र विपरीत दिशाबाट आइरहेको प्र।१–०१–०१६ प.३६६१ नम्बरको मोटरसाइकलसँग ठोकिएको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक अधिकारी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ५:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। यता इलाका प्रहरी कार्यालय बुधबारेले स्कोरपियो चालकसहित स्कोरपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ।

Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर