Aamsanchar

झापामा सवारी दुर्घटनामा एकजनाको मृत्यु

Author Image
मङ्गलवार, भदौ ३, २०८२

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिब ३ः३० बजे इलामबाट बुधबारेतर्फ आउँदै गरेको भारतिय नम्बर प्लेट (बिआर ५५ ८५००) को स्कार्पियो र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ३६६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति–१ निवासी ४६ वर्षीय ठाकुर अधिकारी गम्भीर घाइते भएका थिए। उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकोमा आज साँझ ५ः४० बजे उनको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको शव अस्पतालमै राखिएको छ ।

दुर्घटनामा संलग्न स्कार्पियो चालक रौतहट, बृन्दावन नगरपालिका–२ निवासी ३४ वर्षीय प्रमोद पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर