Aamsanchar

पाँचखालमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Author Image
बुधवार, भदौ ४, २०८२

काभ्रे – पाँचखालमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान ६ बजे पाँचखाल नगरपालिका-५ स्थित केराघारीमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए।

 

उनका अनुसार बा ९३ प ११७० नम्बरको मोटरसाइकल र ना ख ७२१४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका -८का मोटरसाइकल चालक रुपेश खरेलको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको र अस्पतालले उनलाई मृत घोषणा गरेको धाँजुको भनाई छ ।

ट्रक चालक र ट्रक प्रहरी नियंत्रणमा रहेको प्रहरीले जनाएको छ ।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर