Aamsanchar

नेपाललाई बेवास्ता गर्दै लिपुलेक नाका प्रयोग गर्ने चीन र भारतकाे सहमति

Author Image
बुधवार, भदौ ४, २०८२

काठमाडौं – चीन र भारतले नेपालको बेवास्ता गर्दै लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका छन्। भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा दुवै देशले नेपालको लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका हुन्।

लिपुलेक नेपालको कालापानी क्षेत्रभित्र पर्छ। यस विषयमा नेपालले पहिल्यै आपत्ति जनाइसकेको छ। दुवै छिमेकी मुलुकबीच हालैको उच्चस्तरीय बैठकमा लिपुलेक हुँदै व्यापार र आवागमन पुनः सुरु गर्ने सहमति भएको हो।

विज्ञप्तिमा भनिएको छ, ´दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला गरी तीनै व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः खोल्न सहमत भएका छन्।`

भारतले एकतर्फी रूपमा लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा मार्ग सञ्चालन गरेपछि नेपालले २०७७ सालमा नयाँ राजनीतिक नक्सा जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई नेपालको भूभाग घोषणा गरेको थियो।

यसअघि २०२४ डिसेम्बर १८ मा समेत भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका परराष्ट्रमन्त्री वाङ वी सहभागी भएको बैठकले नेपाललाई नसोधी लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेको थियो।

नेपाल सरकारले यसबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। यो सहमति नेपालका लागि भौगोलिक स्वाधीनता र सार्वभौमिकतामाथि गम्भीर प्रश्न बनेको छ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर