Aamsanchar

विद्यार्थीले आफ्नै शिक्षिकामाथि पेट्रोल खन्याएर आगो लगाएपछी….

Author Image
बुधवार, भदौ ४, २०८२

काठमाडौं – भारतको मध्य प्रदेशको नरसिंहपुरमा एक विद्यार्थीले शिक्षिकामाथि पेट्रोल खन्याएर आगो लगाइ दिएकी छन्। कक्षा १२ की विद्यार्थीले आफ्नै शिक्षिकामाथि पेट्रोल खन्याएर आगो लगाएकी हुन्। घटनालगत्तै प्रहरीले विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ।

 

२५ वर्षीया शिक्षिकाले केही दिनअघि ती छात्राले आफूमाथि आपत्तिजनक टिप्पणी गरेको भन्दै विद्यालयमा उजुरी दिएकी थिइन्। प्रहरीका अनुसार ती छात्रा शिक्षिकाको घरमा पुगेर माफी माग्ने बहानामा उनलाई बाहिर बोलाएकी थिइन्। शिक्षिका बाहिर निस्कने बित्तिकै ती छात्राले उनीमाथि पेट्रोल खन्याएर आगो लगाइदिएको भारतीय प्रहरीले जनाएको छ।

नरसिंहपुरका अतिरिक्त प्रहरी उपरीक्षक सन्दीप भुरियाले ती विद्यार्थीले शिक्षिकाको घरमा गएर पेट्रोल खन्याएर आगो लगाएको जानकारी दिएका छन्। घटना लगत्तकै शिक्षिकालाई स्थानीय अस्पताल लगिएको थियो। त्यसपछि उनलाई जबलपुर मेडिकल कलेज रेफर गरिएको थियो।

उनको शरीरको लगभग २५ प्रतिशत भाग जलेको छ। यद्यपि उनको अवस्था हाल स्थिर रहेको बताइएको छ। ​​​​​​​विद्यार्थीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

Views: 416

प्रतिक्रिया (०)

सम्बन्धित खबर