Aamsanchar

सुनको भाउ बढ्यो

Author Image
बिहिवार, भदौ ५, २०८२

काठमाण्डौ – सुनको भाउ आज तोलामा एकैदिन एक हजार तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ५५ रुपैयाँ थियो ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर