Aamsanchar

झापा अर्जुनधारामा पिङ खेल्ने क्रममा बालकको मृ*त्यु

Author Image
शुक्रवार, भदौ ६, २०८२

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ बालविकास टोलमा पिङ खेल्ने क्रममा एक १० वर्षीय बालकले ज्यान गुमाएका छन्।

स्थानीय नेत्रप्रसाद सिवाका छोरा प्रदिप सिवा विहीवार दिउँसो आफ्नै घरमा बनाइएको साडीको पिङमा खेलिरहेका बेला दुर्घटनामा परेका हुन्। करिब साँझ ४:४५ बजे पिङ खेल्ने क्रममा प्रयोग भएको साडी अचानक घाँटीमा बेरिएपछि उनी अचेत भएका थिए।

आमाले तुरुन्तै साडी खोलेर उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको भए पनि चिकित्सकले साँझ ५:२० बजे मृत घोषणा गरेका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीको टोली घटनास्थल पुगेको थियो। कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको झापा प्रहरीले जनाएको छ।

Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर