Aamsanchar

झिलझिलेस्थित पशुपति एकाडेमीमा तीजको रौनक: दर, नृत्य र सांस्कृतिक उत्सव

Author Image
शुक्रवार, भदौ ६, २०८२

झापा – तीजको अवसर पारेर झापाको शिवसताक्षी-८ झिलझिलेस्थित पशुपति एकाडेमी उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा  एक भव्य तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमकी प्रमुख अतिथि भु -तपश्वि माता वृन्दा बराल रहनुभएको थियो भने उद्योग वाणिज्य सङ्घ शिवसताक्षीका अध्यक्ष याम काफ्ले लगायत समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता संस्थाकी सक्रिय सदस्य कल्पना देवी पौडेलले गर्नुभएको थियो। साथै कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक पदम पाठक र आइसिपी गान्धी लिम्बुले सहकार्यमा गर्नुभएको थियो। विद्यालयका प्रिन्सिपल चन्द्र कान्त खनालको स्वागत मन्तव्यसँगै सुरु भएको उक्त कार्यक्रममा सम्पूर्ण आमाहरूलाई दर खुवाइएको थियो। साथै, विभिन्न सांस्कृतिक नृत्य प्रस्तुति पनि गरिएको थियो, जसले कार्यक्रममा रमाइलोपन थपेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले तीज पर्वको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे चर्चा गर्दै भन्नुभयो, “शिव–पार्वतीको इतिहासमा आधारित यो पर्व नेपाली नारीहरूको आत्मिक भावनासँग जोडिएको मात्र नभई पारिवारिक प्रेम र एकताको बलियो प्रतीक हो।” साँस्कृतिक सम्पदालाई जीवन्त राख्न र महिलाहरूको सहभागितालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको सहभागीहरूले बताएका थिए।

 

Views: 129

प्रतिक्रिया (०)